स्पेनलाई तीन गोलको अग्रता
onlinekhabar.com · Sun Jun 21 16:35:43 GMT 2026

७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध तीन गोलको अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफ चलिरहँदा स्पेनले तीन गोलको अग्रता लिएको हो ।
१०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।
त्यसपछि बाँकी दुई गोल मिकेल आफैले गरे । उनले खेलको २१औं र २४औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)