नवलपुर र हाेटल संघ पाेखराबीच द्विपक्षीय भेट: पर्यटन प्रवर्द्धनका लागि सहकार्यका विषयमा छलफल
newsofnepal.com · Sun Jun 21 16:38:45 GMT 2026

नवलपरासी।
नवलपुर हाेटल व्यवसायी संघ र हाेटल संघ पाेखरा नेपाल बीच सदरमुकाम कावासाेतीमा द्विपक्षीय भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल पर्यटन बाेेर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख एवं वरिष्ठ निर्देशक मणिराज लामिछानेको विशेष उपस्थिति रहेको साे भेटघाट कार्यक्रममा पाेखरा र नवलपुरका विशेष पर्यटकीय क्षेत्रहरूकाे भ्रमण तथा घुमफिरका लागि प्रचार प्रसार गर्ने विषयमा छलफल भएको थियो ।
हाेटल संघ पाेखरा नेपालकाे, जाऊँ है पाेखरा आन्तरिक पर्यटन प्रवर्धन अभियानकाे स्वागत तथा सम्मानमा हाेटल व्यवसायी संघ नवलपुरले राखेकाे अन्तरक्रियामा व्यवसायीहरूले स्थानीय पर्यटनका विषयमा गम्भीर छलफल गरेका थिए ।
छलफलमा ट्रेकिङ्ग एजेन्सिज एसाेसियसन अफ नेपाल गण्डकी, टानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले स्थानीय पर्यटन बिकास लागि गैडाकाेट नगरपालिकाकाे धार्मिक क्षेत्र माैलाकाली देखि लुम्बिनी प्रदेशकाे बुटवल सम्म झण्डै सय किमि महाभारत फुटट्रेल निर्माण गर्न सकिने बताए ।
आचार्यका अनुसार पैदलमार्गकाे संरक्षण तथा नयाँ रूट निर्माणले देवचुली,धाैवादी जस्ता हाईकिङ क्षेत्रकाे बिकास,स्थानीय कला संस्कृतिकाे जगेर्ना र पहाडी क्षेत्रकाे पर्यटकीय आकर्षणमा वृद्धि गर्न सकिने छ ।
यसले नवलपुरकाे पहाडी क्षेत्रकाे बिकास हुनुका साथै स्थानीयले राेजगारी तथा व्यवसायिक लाभ लिन सक्ने र पर्यटकहरूले पनि उत्तरी हिमश्रृंखला तथा दक्षिणी तराई क्षेत्रकाे प्राकृतिक दृश्य अवलोकनको नयाँ गन्तव्य प्राप्त गर्ने आचार्यले बताए ।
कार्यक्रममा हाेटल संघ पाेखरा नेपालले दिगाे पर्यटनकाे अवधारणा स्वरूप विगत २५ वर्ष देखि जाऊँ है पाेखरा,चलिए पाेखरा जस्ता पर्यटन प्रवर्द्धन अभियान संञ्चालन गर्दै आएकाे बताइएको थियो ।
दैनिक ४० हजार सम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पर्यटकीय नगरी पाेखरामा यस्तै प्रवर्द्धनात्मक गतिविधिले गत महिना स्थानीय सबै हाेटलहरू भरिभराउ भएको हाेटल संघ पाेखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीकाे भनाई रहेको छ ।
हाेटल संघ पाेखराले पर्यटकहरू आन्तरिक हुन् या बिदेशी सबै पाहुनाहरू प्रति उत्तिकै सम्मान प्रकट गर्दै हरेक व्यवसायी आआफ्ना व्यवसायमा संलग्न रहेको सुवेदीले बताए ।
सुवेदीका अनुसार मुलुककाे दिगाे पर्यटन प्रवर्द्धनकाे आधार मानिने आन्तरिक तथा छिमेकी राष्टहरूबाट आउने पर्यटकहरूबाट व्यवसायीहरूले हाेटल एवं पर्यटकीय सेवा दिएर राम्राे आम्दानी लिने गरेका छन् ।
छलफलमा नवलपुर हाेटल व्यवसायी संघका तर्फबाट अध्यक्ष सन्ताेष राना मगरले पाेखरा पुग्ने पर्यटकहरूले हिमाली तथा पाेखरा उपत्यककाे बसाईसंगै नवलपरासी पूर्व नवलपुरकाे सिमसार क्षेत्र अमलटारी,पिप्रहर लगायतका हाेम स्टे भिलेजहरू, जंगल तथा डुङ्गा सफारीलाई जाेड्न सकिने कुरा ओैल्याएका थिए ।
साेही अवसरमा कावासाेती नगर पर्यटन शाखा फाेकल पर्सन राम बरालले अमलटारी क्षेत्रमा जंगल सफारी गर्ने हरेक पर्यटकले दूर्लभ एक सिंगे गैंडा हेरेर मात्रै फर्कने गरेकाे बताए ।
उनले यहाँका सामुदायिक वनमा जंगल सफारीका बेला पथ प्रदर्शन गर्ने नेचर गाईडहरूले यस क्षेत्रमा आउने पर्यटकलाई सके बथानै त नभए एक न एक गैँडा देखाएर पाहुनाकाे मन जितेर अमलटारीबाट बिदाई गर्ने गरेकाे प्रशंग सुनाए ।
छलफलका सहभागीहरूका अनुसार यहाँको कुजाैली, प्रिप्रहर,दिव्य,नमुना,कृष्णसार,गुन्द्राहा,अमलटारी जस्ता मध्यवर्ती सामुदायिक वनमा गैँडा,बाघ,भालु,रतुवा,जरायाे तथा माईग्रेटरी वर्डहरू प्रशस्त पाईने बताइएको थियो ।
व्यवसायीहरूका अनुसार त्यस अतिरिक्त थारू जातिका माैलिक परिकार, भेषभुषा पहिरन, दैनिक जीवन पद्धति अवलाेकन तथा लाठी,मेडरी,रामझुमरी लगायतका नृत्यले पर्यटकहरूकाे मन लाेभ्याउने गरेकाे छ ।
गण्डकी प्रदेशकाे मुख्य प्रशासनिक केन्द्र पाेखराबाट नजिककाे दुरीमा रहेको पूर्वी नवलपरासीकाे कालीगण्डकी उपत्यका,डेडगाउँ अकला मन्दिर,घुमारीघाट, जयसिंगे दरबार,रूद्रपुरगढी, देवचुली डाँडा तिनकन्या,दाउन्नेदेबी महाराजा मन्दिर, शास्वतधाम,माैलाकाली यहाँका पर्यटकीय आकर्षणका रूपमा रहेको अभियान टाेलीलाई जानकारी दिईएकाे थियो ।
छलफलमा व्यवसायीहरूले पहाडी क्षेत्र डेढगाउँकाे दराई हाेमस्टे,लाहापेकाे गुरूङ्ग हाेमस्टे,बाेझा पाेखरीकाे मगर हाेमस्टे आन्तरिक तथा वाह्य पर्यटकका लागि राेजाईका क्षेत्र बनेकाे तथा पूर्व पश्चिम महेन्द्र राजमार्ग एसियन हाईवे केन्द्रित हाेटल ईला कम्फर्ट,क्रिस, तनहुँ, सितारा तथा नारायणी नदी किनारका दर्जनाैं ठूला साना हाेटल तथा रिसाेर्टहले पर्यटक एवं पाहुनाहरूलाई उत्कृष्ट सेवा दिने गरेकाे बताए थिए ।
अभियानका साथ नवलपुर आएका कार्यक्रमका विशेष अतिथि एवं नेपाल पर्यटन वाेर्ड पाेखरा गण्डकी प्रदेश वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार जाऊँ है पाेखरा अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रम हरेक जिल्ला तथा स्थानीय पर्यटकीय नगरीका व्यवसायी बीच अनुभव साटासाटको एक माध्यम हाे ।
लामिछानेले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवन,रूपन्देही र पाल्पा सम्मकाे त्रिदिवसीय यात्रामा अभियानका सदस्य सहितकाे टाेली निस्किएकाे बताए ।
साथै लामिछानेले गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यमा पाेखरा,वन्दिपुर जस्तै लम्जुङ्ग र नवलपुरको अमलटारी लगायत स्थानीय क्षेत्रकाे पर्यटन प्रवर्द्धनमा नेपाल पर्यटन बाेर्ड गण्डकी लागि परेकाे जानकारी दिए ।
साथै उनले नवलपुरमा थप पर्यटकीय क्षेत्रकाे बिकासका लागि विज्ञ टिम सहित नयाँ पदमार्गकाे रेखांकन तथा जाऊँ है पाेखरा जस्तै फरक नारामा नवलपुरकाे पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बाेर्ड गण्डकी प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा जाऊँ है पाेखरा अभियान टिमलाई नवलपुर हाेटल व्यवसायी संघका तर्फबाट स्वागत तथा विशेष सम्मान प्रकट गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)