मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ब्याज अनुदानका लागि १३ अर्ब विनियोजन

ekantipur.com · Mon May 31 01:01:00 GMT 2021

काठमाडौँ — हाल सञ्चालनमा रहेका सहुलियत ब्याजदरका १० प्रकारका कर्जामा आगामी आर्थिक वर्षको ब्याज अनुदानका लागि सरकारले १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । शनिबार सार्वजनिक आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो ।

‘लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ, ‘यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब रुपैयाँ विनियोजन गरेको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)