बाँकेमा डिपिटी र पोलियो खोप अभाव, मागियो दाङ र बर्दियाबाट सापटी
setopati.com · Thu May 02 12:37:19 UTC 2024

बाँकेको बैजनाथ गाउँपालिकाका ३१ वर्षीय अनुप केसीले आफ्नो सानो छोरालाई डिपिटी र पोलियो खोप लगाउन बिहीबार तोकिएको स्वास्थ्य संस्थामा लगे।
यसअघि चैत २० गते पनि छोरा लगेर खोप लगाउन भनेर गएका केसी खोप नलगाई फर्किएका थिए। खोप अभाव भएको भन्दै स्वास्थ्यकर्मीले त्यतिबेला केसीलाई एक हप्ताभित्र सूचना दिने भन्दै फर्काएका थिए। एक महिनापछि वैशाख २० गते छोरा लिएर खोप लगाउन भनी स्वास्थ्य संस्थामा पुगेका केसीलाई फेरि पनि खोप उपलब्ध नभएको भन्दै फर्काइएको उनले गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)