मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त

ratopati.com · Thu May 02 16:21:00 UTC 2024

भोजपुर । पछिल्ला केही वर्षयता बाँदर आतंकका कारण पहाडी जिल्लाका ग्रामीण बस्ती बसाई सराइले रित्तिँदै गएको छ । बन जङ्गल छाडेर घर करेसामा बाँदरका हुल आउन थालेपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत वर्ष मात्रै ८१ घर परिवारले आफ्नो थाकथलो छाडेका थिए ।

यो वर्ष मात्रै पनि २० घर परिवारले गाउँ छाडेर मधेसमा बसाई सरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले बताए । त्यस्तै आमचोक गाउँपालिकामा समेत बाँदरको पिडा सहन नसकेर धेरै स्थानीय बसाई सर्न बाध्य भएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यी दुई गाउँपालिकामा मात्रै हैन सिङ्गो भोजपुर जिल्ला नै यतिबेला बाँदर आतङ्कले प्रताडित बनेका छन् । बाँदर नियन्त्रण नगर्ने हो भने अर्को निर्वाचन सम्म मतदाता नै गाउँमा नहुने पौवादुङमा गाउँपालिका ४ सानोदुङ्माका स्थानीय मौसम राईले बताएका छन् । बाँदरले किसानले बर्सभरि दुख गरेर लगाएको अन्न बाली खाने मात्रै नगरेर नष्ट गर्न थालेपछि हैरानी खेप्नु परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)