करेन्ट लागेर एकको मृत्यु
gorkhapatraonline.com · Sun Jun 21 16:55:45 GMT 2026

। महोत्तरीको मटिहानी नगरपालिकामा आइतवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मटिहानी नगरपालिका वडा ८ मा रहेको बजारमा व्यवसाय गरिरहेका मटिहानी नगरपालिका ८ बस्ने अन्दाजी ६५ वर्षीय सिताशरण चमारको करेन्ट लागेर मृत्यु भएको हो।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जुत्ता सिउँदैआएका चमारलाई नजिकै रहेको बिजुलीको स्टेट तारमा करेन्ट लागेको जानकारी दिनुहुदै गम्भीर घाइते भएका उहाँलाई स्थानीयवासी र परिवारजनले तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।
पुरानो विजुलीको तार तथा पोलको कारणले घटना घटेको बताउनु हुदै तार र पोल परिवर्तनका लागि पटक पटक पहल गरे पनि काम हुन नसकेको गुनासो गर्नुभयो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यता, स्थानीयवासीले विद्युत् लाइन तथा तारहरूको नियमित मर्मत–सम्भार र सुरक्षामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)