सिन्धुलीमा पार्किङ गरिएको ट्याक्टर आफैँ गुड्दा ५ वर्षीया बालिकाको मृत्यु
nepalnews.com · Sun Jun 21 16:58:25 GMT 2026

काठमाडौँ। जिल्ला सिन्धुली, कमलामाई नगरपालिका–८ करकरेमा पार्किङ गरी राखिएको ट्याक्टर आफैँ गुड्दा एक बालिकाको मृत्यु भएको छ।
सोही ठाउँकै करकरे निवासी ५ वर्षीया शान्वी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार घरदेखि करिब ८–१० मिटर पश्चिम तर्फ ४–५ दिनदेखि पार्किङ गरी राखिएको स्थानीय विशाल श्रेष्ठको ना ६ त २५३४ नम्बरको ट्याक्टर अचानक आफै गुडी थापालाई किची घांईते भई उपचारको लागी तात्काल साहु श्रेष्ठले जिल्ला अस्पताल सिन्धुली पुर्याएका थिए।
घाइते थापाको उपचारकै क्रममा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)