मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विनोद चौधरीलाई ओली र देउवाको आर्शीवाद, बासबारी जग्गा काण्डमा चौधरी ग्रुपलाई उन्मुक्ति

barnanmedia.com · Tue Feb 04 21:28:47 GMT 2025

सत्ता र शक्तिका लागि मान्छे कुन हदसम्म जान्छ भन्ने उदाहरण हुन् नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी। चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई नपुग्दो केही छैन। तर, उनी सक्रिय राजनीतिमा छन्। एमालेबाट सक्रिय राजनीतिमा हाम फालेका चौधरी कांग्रेसतिर लागे। अहिले कांग्रेसबाट सांसद छन्।

राजनीतिमा लागेकै कारण उनले कति राजनीतिक लाभ पाए छुट्टै चर्चा गरौँला । अहिलेलाई सत्तारुढ दलका सांसद भएकै कारण उनले कानुनी झमेलाबाट मुक्ति पाएका छन्। अहिले कांग्रेस र एमाले गठबन्धनको सरकार छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको आर्शिवाद लागेपछि कानुनको के लाग्थ्यो र। महान्यायाधिवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नलाई मुद्दा नचलाउने निर्णय गरेपछि चौधरी ग्रुप ढुक्क भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन्। महान्यायाधिवक्ता सरकारका कानुनी सल्लाहकार हुन्। महान्यायाधिवक्तामा सरकारले नियुक्ति गर्छ, प्रधानमन्त्रीको निर्देशनको सिरोधार्य बडालले गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)