मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तुलसी घिमिरेले सुरु गरे चलचित्र ‘पहाड’को छायाङ्कन

deshsanchar.com · Tue Feb 04 23:04:49 GMT 2025

काठमाडौँ- निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को छायाङ्कन मंगलबारदेखि सुरू गरेका छन् । गोरखा दरबारमा पुजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)