मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा विवरण पार्टीलाई बुझाउनु पर्ने

barnanmedia.com · Tue Feb 04 22:59:50 GMT 2025

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक २ महिनामा आफ्नो पदीय जिम्मेवारी अनुसारको प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने भएको छ । कांग्रेसले तयार गरेको जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाले जनप्रतिनिधिलाई पार्टी र नागरिकप्रति जिम्मेवार हुने व्यवस्था लागू गर्न लागेको हो ।

निर्देशिका अनुसार कांग्रेसबाट निर्वाचित भएका तीनै तहका जनप्रतिनिधिहरुले सपथ लिएको १ महिनाभित्र क्षेत्राधिकारभित्रको कार्ययोजना तयार गर्नु पर्ने छ । सो कार्ययोजना सम्बद्ध पार्टी कार्यसमितिमा बुझाएर समितिको सुझाव समेतका आधारमा प्रतिवद्धताको रुपमा सार्वजनिक गर्नुपर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)