मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा

ratopati.com · Tue Feb 04 23:19:00 GMT 2025

काठमाडौं । एटलान्टालाई हराउँदै बोलोग्ना कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । मंगलबार राती भएको क्वार्टरफाइनलमा एटलान्टालाई १-० गोल अन्तरले हराउँदै बोलोग्नाले सेमिफाइनल यात्रा तय गरेको हो ।

बोलोग्नालाई जिताउन सान्टियागो क्यास्त्रोले ८०औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै बोलाग्नाले १९७४ पछि पहिलो पटक कोपा इटालियाको फाइनल सपना बुन्ने मौका पाएको छ । बोलाग्ना र एटलान्टाबीच भएका ४१ खेलमा एटलान्टाले १९ जित्दा बोलोग्नाले १० खेल जितेको रेकर्ड छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)