मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’सार्वजनिक

barnanmedia.com · Tue Feb 04 23:26:03 GMT 2025

आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को शीर्ष गीत ‘रंगी’सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । आमेशकै शब्द र संगीत रहेको गीतमा रोमन बज्राचार्यको एरेन्ज छ र अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ एवं मास्टरिङ छ ।

गीतको भिडिओमा सलोन बस्नेत र मलिका महत फिचर्ड हुनुहुन्छ । भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ । निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो । सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)