मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुवाँ उत्सर्जन मापदण्ड विपरीत

barnanmedia.com · Tue Feb 04 23:29:55 GMT 2025

काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुवाँ उत्सर्जन मापदण्ड विपरीत रहेका छन्। कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन्।

जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित तीन सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ। पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारीसाधन बढी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)