मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र, अब अकालमै जाँदैन ज्यान

annapurnapost.com · Sun Mar 17 00:51:35 GMT 2024

बुटवल : गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरका २७ वर्षीय कृष्ण सुनार (बेले) ले गुल्मी–बुटवल खण्डमा दिनहुँ जिप चलाउँछन्। सिद्धबाबा राजमार्गअन्तर्गत पर्ने यही खण्डमा उनले नियमित यात्रुबाहक जिप चलाउन थालेको करिब एक दशक भयो। यात्रुको चाप हुँदा कहिलेकाहीँ दिनमै दुईपटक ओहोरदोहोर गर्छन्। दसंै, तिहारमा त तीन पटकसमेत ओहोरदोहोर गरेको अनुभव उनको छ। पहाडी जिल्लाबाट बुटवलमा बसोवास गर्नेहरूमध्ये सबैभन्दा धेरै गुल्मीका नागरिक छन्।

लामो यात्राका क्रममा चालकलाई मात्र होइन्, यात्रुलाई पनि गन्तव्यमा पुग्नै लाग्दा मनमा उत्साह र उमंग हुनेगर्छ। तर, १० वर्षदेखि नियमित जिप चलाइरहेका सुनारलाई पाल्पाको तिनाउ गाउँपालिकास्थित सिद्धबाबा सडक खण्डमा आइपुग्दा कहिल्यै मनमा शान्ति भएन। सिद्धबाबादेखि बुटवल बजार पुग्न करिब ५ किलोमिटर मात्र छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)