पल शाहसँगै नेपाल आइडल
annapurnapost.com · Sat Feb 05 06:31:00 GMT 2022
काठमाडौं : हरेक हप्ता बिहीबार र शुक्रबार एपीवान एचडीबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन ४ को १८औं कार्यक्रम विशेष बनेको थियो। उत्कृष्ट ९ मध्ये ४ ले शुक्रबार प्रस्तुति दिए।
सुरुवातमा सामूहिक गीत प्रस्तुत गरिएको थियो। ‘तिम्रो घरको वरिपरि...’ सँगै पछिल्लो समयका चर्चित नायक पल शाह कार्यक्रममा प्रवेश गरे। त्यसपछि उपस्थित भए, नाङगेल तामाङ। उनले ‘मायाले बोलायो’ गीत सुनाए। हरदिन हररात मायाकै सामीप्यमा हुन चाहना राख्नेलाई मायाले आउनु भनेर उमंग र प्रेमिल भाव प्रस्तुत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)