मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ उपत्यकामा भारी वर्षा

barnanmedia.com · Thu May 28 22:24:39 GMT 2026

आज (बिहीबार) राति काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागमा राति १०ः०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलिमिटर वर्षा भएको छ । यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलिमिटर वर्षा मापन भएको छ । सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलिमिटर माथि वर्षा भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)