ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
ratopati.com · Sun Jun 21 18:03:42 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा स्पेनले एसियाली प्रतिस्पर्धी साउदी अरेबियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले आज मर्सिडीज–बेन्ज स्टेडियममा भने आक्रामक फुटबलको नमुना प्रस्तुत गर्यो ।
खेलको १० औँ मिनेटमै युवा स्टार लामिन यामलले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि मिकेल ओयार्जाबालले उत्कृष्ट प्रदर्शन गर्दै २१ औँ र २४ औँ मिनेटमा लगातार दुई गोल गरेपछि पहिलो हाफमै स्पेन ३–० ले अघि रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)