मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकरणका अभियन्ता पृथ्वीनारायण

rajdhanidaily.com · Thu Jan 11 23:29:58 GMT 2024

पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ । यसरी विभिन्न राज्य रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ । मूलतः मुलुकको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्को प्रकारको पहिचान पाइन्छ । यसकारण कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् । तर, उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ । उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसमा रूपमा राज्यले मनाउने गरेको थियो । यसरी पृथ्वीनारायण शाह नेपालका राष्ट्र निर्माता, युग, पुरुष, राष्ट्रभक्त र सर्वोपरी रूपमा आधुनिक नेपालका निर्माता हुन् । उनी आफ्नो सारा जीवन राष्ट्र निर्माणका निम्ति लगाउने एक मात्र ठूला तपस्वी हुन् । एकीकरणका दौरान विविध संघर्ष र पराजयको सामाना गर्नुपरे तापनि क्रमशः एकएक खुड्किला पार गर्दै जानु उनको अदभ्य साहस र तीव्र देशभक्तिको परिचायक हो ।

यस्ता राष्ट्रप्रेमी युगपुरुषको चर्चा गर्दा हामी नेपालीको मनमस्तिष्कमा सर्वप्रथम राष्ट्रनिर्माता पृथ्वीनारायणतर्फ उन्मुख हुन्छ । उनको विराट व्यक्तित्वका अमूल्य भावनाको चर्चा नेपालीले जति गरे पनि थोरै नै हुन्छ । वास्तवमा २ सय ५० वर्षअघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मूल्यांकन गरेर निष्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्छ । उनको एकीकरण अभियानका क्रममा केही ज्यादती भए होलान् वा केही कमी कमजोरी भए होलान्, तर जे भए तापनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरूप आज हामीले स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौं । सो समयमा नेपालको एकीकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालीन ब्रिटिस साम्राज्यको एक अंग हुनपुग्ने थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)