मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नासाको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन बनायो 

baahrakhari.com · Sat May 01 23:51:00 GMT 2021

वासिङटन । नासाले आफूले पठाएको यानले मंगल ग्रहमा सफलतापूर्वक सास फेर्न मिल्ने अक्सिजन निर्माण गरेको बताएको छ जुन उक्त ग्रहमा भविष्यका मानव मिसनहरुका लागि अत्याधिक ठूलो उपलब्धी भएको बताइएको छ । स्पेस एजेन्सी नासाले बुधबार बेलुकी यस खबरलाई पक्का गर्दै हाल मंगल ग्रहमा अवतरणरत्, प्रिजरभरेन्स रोभर सँग पठाइएको उपकरणले मंगल ग्रहको पातालो तर प्रशस्त कार्बन–डाइअक्साइड युक्त वायुमण्डललाई अक्सिजनमा परिणत गरेको बताएको छ ।

नासाको जेट प्रपल्जन ल्याबोरेटरीले विकसित गरेको उक्त अनुसन्धानात्मक उपकरणलाई छोटकरीमा ‘मोक्सी’ (मार्स अक्सिजन इन–सिटु रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट) को नाम दिइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)