छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य
ratopati.com · Thu May 28 22:54:48 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८ सय ८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जनाएको छ ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए । त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन् । प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख छन् । खड्काले भने, “प्रवेश पत्र रङ्गिन प्रिन्ट भएको हुनुपर्नेछ”, रङ्गिन प्रिन्ट गर्नु पर्नाको कारण बुझाउँदै उनी भन्छन्, “छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरूले परीक्षा दिन नपाउन भन्नका लागि प्रवेश पत्र रङ्गिन प्रिन्ट गर्ने गरेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)