मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता

barnanmedia.com · Thu May 28 23:00:49 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन वार्ता भएको छ।

कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । मन्त्री खनालले बधाईका लागि धन्यवाद ज्ञापन गर्दै नेपालको समग्र विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)