इलेक्ट्रिक चुरोट बरामद
baahrakhari.com · Thu Aug 15 17:14:00 UTC 2024

वीरगन्ज । सशस्त्र प्रहरी बल १७ लाख १० हजार ६५० मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाएर लैजाने क्रममा रहेको ४५० थान भेप बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेट नजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)