मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
ratopati.com · Sun Feb 01 17:52:37 GMT 2026

झापा । यहाँको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोकमा आज साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आइतबार साँझ बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते हुनुभएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)