मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजनीतिक आडमा जग्गा कब्जा प्रयास

ekantipur.com · Tue Oct 12 01:35:21 GMT 2021

रूपन्देही — रूपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा राजनीतिक दलको आडमा जग्गा कब्जाको प्रयास भएको खुलेको छ । राजनीतिक दलसँग नजिक व्यक्तिहरूले जग्गा कब्जा गर्न समूह बनाउने, नेतृत्व गर्ने, प्रहरीसँग प्रतिकार गर्न तालिम र निर्देशन दिने गरिएको पाइएको छ ।

आइतबारको झडपमा मृत्यु हुनेमा चारमध्ये अधिकांश रूपन्देहीबाहिरका छन् । त्यसैले जग्गा कब्जा गर्ने बाहिरी जिल्लाका धेरै रहेको पुष्टि गर्छ । तर, जग्गा कब्जा गर्न योजना बनाउनेमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग नजिकका व्यक्तिहरू देखिएका छन् । तर, उनीहरूको राजनीतिक दलकै पदीय जिम्मेवारी भने छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)