जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क
gorkhapatraonline.com · Thu May 28 23:19:08 GMT 2026

उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेको भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ । नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । तर ती विद्यार्थीमध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग छैन ।
महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष विभिन्न तह तथा विषयमा स्वदेश तथा वैदेशिक छात्रवृत्तिमा अध्ययनार्थ मनोनयन भएको विद्यार्थीको अभिलेख नदेखिएको भन्दै प्रश्न गर्दै आएको छ । उक्त कार्यालयले हालै सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा २०७१/७२ देखि २०८१/८२ सम्म चिकित्साशास्त्र, वनविज्ञान, इन्जिनियरिङ, कृषिलगायतका विषयमा छात्रवृत्तिमा मनोनयनमा परेका विद्यार्थीको अभिलेख नरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)