बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
ratopati.com · Sun Jun 21 18:55:26 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को दोस्रो चरणको खेलमा आज युरोपेली पावरहाउस बेल्जियम र एसियाली टोली इरानबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समय अनुसार सोमबार बिहान १२ः४५ बजे अमेरिकाको इङ्गलउडमा सुरु हुनेछ ।
दुवै टोली यस खेलमार्फत प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्ने दाउमा छन् । बेल्जियमले आफ्नो उद्घाटन खेलमा इजिप्टसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । उता, इरानले पनि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै १ अंक जोडेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा