मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँ स्वरूपमा श्री ३ चन्द्र माध्यमिक विद्यालय

nagariknews.nagariknetwork.com · Wed Feb 05 14:30:24 GMT 2025

बाराको कलैयास्थित ऐतिहासिक श्री ३ चन्द्र माध्यमिक विद्यालयको जीर्ण भवन पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। अग्रवाल फाउण्डेशनको १२ करोड रुपैयाँ निजी लगानीमा विद्यालयको भौतिक संरचना आधुनिककरण गरिएको हो।

वि.सं. १९८४ मा स्थापना भएको विद्यालयको पुरानो भवन जीर्ण बन्दै गएपछि अग्रवाल फाउण्डेशनको आर्थिक सहयोगमा चारतले नयाँ भवन निर्माण गरिएको हो। बुधबार एक विशेष समारोहका बीच फाउण्डेशनका अध्यक्ष डा. बजरंग अग्रवाल र उनका परिवारका सदस्यहरूले संयुक्त रूपमा भवनको उद्घाटन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)