मनसुन सुखद रहँदा धान रोपाइँमा वृद्धि, शतप्रतिशत रोपाइँ हुने कृषि मन्त्रालयको अपेक्षा
barnanmedia.com · Tue Jul 30 22:47:20 UTC 2024

काठमाडौँ, १५ साउन : सुखद मनसुन रहँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
जबकी गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँसम्म भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)