अमेरिकी विदेश मन्त्रालयका उपमन्त्री बर्मा नेपाल आउँदै
nepalkhabar.com · Thu Aug 15 17:20:35 UTC 2024

अमेरिकी विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माले नेपाल र भारतको भ्रमण गर्ने भएका छन्। उनी शनिबार नेपाल भ्रमणमा आउन लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।
विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार बर्माले भदौ १ देखि ६ (अगस्ट १७ देखि २२) सम्म नेपाल र भारतको भ्रमण गर्नेछन्। पहिला नेपाल आएर त्यसपछि भारत जानेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)