प्रहरीले लग्यो संसद्को सिसिटिभी फुटेज
gorkhapatraonline.com · Sat May 13 06:12:00 GMT 2023
काठमाडौँ, वैशाख ३० गते । प्रहरीको फरार सूचीमा रहनुभएका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको बिरामी बिदाको निवेदन दर्ता गराउन जाने व्यक्तिको प्रहरीले खोजी थालेको छ। सङ्घीय संसद् सचिवालयमा सांसद रायमाझीका तर्फबाट बिदा निवेदन लिएर उपस्थित भएका व्यक्ति पहिचानको प्रक्रिया प्रहरीले अघि बढाएको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको योजनाकारका रूपमा प्रहरीको फरार सूचीमा रहनुभएका सांसद रायमाझीको वैशाख २५ गते बिरामी बिदा सचिवालयमा पेस भएको थियो तर बिदा निवेदन औपचारिक रूपमा दर्ता भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)