अन्नसँग तरकारी साट्ने परम्परा अझै कायम
barnanmedia.com · Thu May 28 23:45:09 GMT 2026

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्नुहुन्छ । तर उहाँ नगदमा तरकारी बेच्नुहुन्न । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उहाँले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिनुहुन्छ ।
“आजभोलि गहुँको याम भएकाले गहुँसँग तरकारी साट्छौँ, धानको सिजनमा धानसँग पनि साट्छौँ”, उहाँले भन्नुभयो, “दुई तौल गहुँबराबर एक तौल तरकारी दिन्छौँ, नगदभन्दा अन्नसँग साट्दा बढी फाइदा हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)