फेसबुक सुचारु
gorkhapatraonline.com · Wed Mar 06 00:27:25 GMT 2024
काठमाडौँ, फागुन २३ गते । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या समाधान भएको छ । मङ्गलबार राति करिब ९ देखि १० बजेसम्म एक्कासि अकाउन्ट लगआउट र सेसन एक्स्पायर हुनेलगायतका समस्या देखिएको थियो ।
मेटाका फेसबुक र इन्स्टाग्राम एप नचल्ने समस्या नेपालमा मात्र नभई विश्वभर देखिएको प्रयोगकर्ताले ट्विटरलगायतका अन्य सामाजिक सञ्जालमा गुनासो गरेका थिए । मेटा कम्पनी अर्को एप ह्वाट्सएप भने चलिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)