मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वयस्क गणतन्त्र

nagariknews.nagariknetwork.com · Fri May 29 00:18:46 GMT 2026

आज गणतन्त्र दिवस। २०६५ जेठ १५ गते अर्थात् आजकै दिन संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रलाई बिदा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। विश्वका बिरलै देशमा जस्तै जनताको सर्वाेच्च निकाय व्यवस्थापिका संसद् (संविधानसभा) बाट २४० वर्ष पुरानो राजतन्त्रलाई सधैंका लागि बिदा गरेको हो। यसो हुनुमा राजाले पटक पटक संसद् र सरकारमाथि धावा बोल्नु र प्रत्यक्ष शासनको महत्त्वाकांक्षा देखाउनुलाई कारण मान्न सकिन्छ। विभिन्न आन्दोलन, संघर्ष, बलिदान र आन्दोलनको परिणामस्वरूप मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यो व्यवस्थालाई मुलुकले आत्मसाथ गरेको १८ वर्ष भएको छ। १८ वर्षमा नेपाली नागरिक निर्वाचनमा मतदान गर्न बालिग हुने हाम्रो कानुनी व्यवस्था छ । १८ वर्ष पूरा भएको नागरिक कानुनले प्रतिबन्ध लगाएकोबाहेक सबै काम गर्न योग्य हुन्छ। त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्र पनि अब वयस्क भएको छ। यस दौरानमा विभिन्न आरोह–अवरोहलाई पार गर्दै आजको दिनमा आइपुगेका छौं।

एकातिर जनता गणतन्त्र दिवस उल्लासमय तवरले मनाउन जुटिरहेका छन् भने अर्कातिर गणतन्त्र मनै नपराउनेहरू पनि नभएका होइनन् । वंशवादको पक्षपोषण गर्ने केही व्यक्ति र संस्थालाई अहिले पनि मुलुकको सर्वोच्च निकायमा जनताका छोरा/छोरी पुग्ने र पुगेको कुरालाई रुचिकर लागेको छैन र उनीहरू भनिरहेका छन्– गणतन्त्रले मुलुक खत्तम पार्‍यो, राजतन्त्र पुनः ब्युँताउनुपर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)