जनता नै सर्वोपरी शक्ति
annapurnapost.com · Fri May 29 00:17:15 GMT 2026

जनता नै सर्वोपरी शक्ति हुन नेपाली जनताको अभूतपूर्व त्याग, बलिदान र संघर्षको जगमा मुलुकले दुई शताब्दी लामो एकात्मक राजतन्त्रात्मक व्यवस्थालाई बिदाइ गरेको डेढ दशकभन्दा बढी समय व्यतीत भएको छ। २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको भावना र अन्तरिम संविधानको मार्गनिर्देशन अनुरूप निर्वाचित संविधानसभाको पहिलो बैठकले आजकै दिन देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। गणतन्त्र राज्यको सम्प्रभुता दरबारको घेराबाट बाहिर निकालेर नागरिकको हातमा सुम्पिएको ऐतिहासिक प्रस्थानबिन्दु थियो।
गणतन्त्रले राष्ट्राध्यक्षमा वंशीय नेतृत्व बदल्दै सर्वसाधारणका छोराछोरी पुग्न सक्ने मार्गप्रशस्त गर्यो , जसको निरन्तरता स्वरूप हामीले हालसम्म तीन जना राष्ट्राध्यक्षहरू पाइसकेका छौं। वर्तमान संविधानले राष्ट्रपतिलाई राष्ट्रिय एकताको प्रतीक र संविधानको संरक्षकका रूपमा उभ्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)