प्रचण्डको चाइना कार्ड अभिव्यक्तिबारे बाबुरामको टिप्पणी : यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद !
ratopati.com · Mon Nov 18 17:08:00 GMT 2024

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेसपा (नयाँ शक्ति) का संयोजक बाबुराम भट्टराईले नेपाली राजनीतिका प्रमुख व्यक्तित्वहरूले आफ्नो सार्वजनिक बोली र वास्तविक जीवन व्यवहारमा तल झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद भएको बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाइना कार्ड अभिव्यक्तितर्फ संकेत गर्दै संयोजक भट्टराई सो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समार्फत उनले भनेका छन्- ‘नेपाली राजनीतिका प्रमुख व्यक्तित्वहरूले आफ्नो सार्वजनिक बोली र वास्तविक जीवन व्यवहारमा यो तहमा झर्नु दुर्भाग्यपूर्ण र लज्जास्पद छ। संवेदनशील भूराजनीतिक र कूटनीतिक विषयमा उनीहरूको सार्वजनिक विवाद हुनु झन् गैरजिम्मेवार र लज्जास्पद कुरा हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)