बाढीले पुल बगाएपछि कोसी तर्न र्याफ्टिङ बन्यो विकल्प
ratopati.com · Mon Nov 18 19:44:00 GMT 2024

सिन्धुली । रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा बाढी पहिरोले क्षति पुर्याएपछि कोसी वारपार गर्न र्याफ्टिङ विकल्प बनेको छ । गएको असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुलीलाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ ।
सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने पुलमा क्षति पुग्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । पुल बाढीले बगाएपछि तत्कालका लागि र्याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)