मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

फोक्सोमा कस्ता समस्या देखिन्छन्, कसरी गर्ने उपचार? (भिडिओ)

setopati.com · Sat Feb 03 00:31:00 GMT 2024

फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरी शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ।

खासगरी श्वासप्रश्वासबाटै फोक्सोमा संक्रमण हुन्छ। भाइरस, ब्याक्टेरिया, ढुसी आदिले पनि फोक्सोमा संक्रमण हुन्छ। यसले सास फेर्ने नली सुन्निने हुन्छ। फोक्सोको नली, फोक्सो बाहिरको भाग, छाती र त्यसमा हुने हड्डी अनि मासुमा लाग्ने विभिन्न संक्रामक रोग देखिन्छ। क्षयरोग, फोक्सोको क्यान्सर, निमोनिया, मुटु, किड्नी मस्तिष्कको समस्याले समेत फोक्सोमा असर गर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)