गणतन्त्र सुदृढीकरणमा एकताबद्ध हुन मुख्यमन्त्री आचार्यको आह्वान
gorkhapatraonline.com · Fri May 29 00:45:38 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। शुक्रबार १९ औँ गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले गणतन्त्र नेपाली जनताको लामो संघर्ष, त्याग, बलिदान र जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण र प्रभावकारी कार्यान्वयन आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभएको छ।
उहाँले गणतन्त्रले नेपाली जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासन व्यवस्थाको आधार तयार भएको बताउनुभएको छ। मुख्यमन्त्री आचार्यले लोकतन्त्र, गणतन्त्र र नागरिक अधिकार स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। साथै परिवर्तनका लागि संघर्ष गर्ने राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, युवा, महिला तथा आन्दोलनमा सहभागी सम्पूर्ण नागरिकप्रति सम्मान प्रकट गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)