मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता

ratopati.com · Sun Jun 21 20:16:40 GMT 2026

काठमाडौँ । स्पेनका १८ वर्षीय युवा लामिन यामलले फिफा विश्वकप २०२६ मा साउदी अरेबियाविरुद्ध गोल गर्दै फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन् । आइतबार राति भएको खेलमा गोल गर्दै यामलले विश्व फुटबलका महान् हस्तीहरू लियोनल मेसी र पेलेको कीर्तिमानसँग आफ्नो नाम जोड्न सफल भएका हुन् ।

१८ वर्ष ३४३ दिनको उमेरमा साउदीविरुद्ध गोल गरेका यामल विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता बनेका छन् । उनले अर्जेन्टिनी लिजेन्ड लियोनल मेसीको रेकर्डलाई समेत पछि पारेका छन् । मेसीले १८ वर्ष ३५७ दिनको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गरेका थिए, तर यामलले मेसीभन्दा १४ दिन अगावै यो उपलब्धि हासिल गरे ।

स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता

यामलले ब्राजिलका महान् खेलाडी पेलेको एउटा दुर्लभ कीर्तिमानलाई पनि पछ्याएका छन् । विश्वकपमा आफ्नो देशका लागि १८ वर्ष वा सोभन्दा कम उमेरमा गोलको खाता खोल्ने यामल विश्वकै दोस्रो खेलाडी बनेका छन् । यसअघि सन् १९५८ को विश्वकपमा ब्राजिलका पेले (१७ वर्षको उमेरमा) ले मात्र यो सफलता हात पारेका थिए ।

यस ऐतिहासिक उपलब्धिपछि भावुक बनेका यामलले यसलाई आफ्नो जीवनको सबैभन्दा ठुलो सपना पूरा भएको बताएका छन् । उनले भने, ‘मैले अघिल्लो विश्वकप कक्षाकोठामा बसेर टिभीमा हेरेको थिएँ । आज रङ्गशालामा मेरी आमा र परिवारको अगाडि विश्वकपमा गोल गर्न पाउनु मेरो लागि एउटा सपना साँचो हुनु जस्तै हो । ’

ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय