मध्यपूर्व तनाव : शरणार्थीका लागि खाद्यान्न बोकेका १०९ लरी लुटिए
ratopati.com · Mon Nov 18 21:29:00 GMT 2024

एजेन्सी । राष्ट्र संघीय एजेन्सीले मध्यपूर्वको तनाव मानवीय संवेदना समेतको बर्खिलाप देखिने गरी अति हिंसात्मक बनेको प्रतिक्रिया दिएका छन् । राष्ट्र संघको एजेन्सी (उन्वा)ले प्यालेस्टिनी शरणार्थीहरुका लागि खाद्यान्न बोकेर गाजातर्फ हिँडेका १०९ वटा राष्ट्र संघीय सहायता लरीहरु हिंसात्मक रुपमा लुटिएपछि यस्तो प्रतिक्रिया आएको हो ।
इजरायल नियन्त्रित केरेम शालोम क्रसिङबाट दक्षिणी गाजातर्फ लागेका लरीहरुमध्ये ९७ वटा एकाएक हराएका थिए । तिनका चालकलाई बन्दुकको नोकमा सहायता समाग्री लरीबाट उतार्न लगाइएको र जसलाई सबैभन्दा खराब घटनाहरुमध्य ठानिएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)