मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली विरुद्ध दुर्गा प्रसाईंले भ्रम सिर्जना गरेः एमाले महासचिव

barnanmedia.com · Mon Nov 18 22:09:01 GMT 2024

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिप पोखरेलले सो कुरा बताएका हुन् ।

उनले यस प्रकारको षडयन्त्र र अराजकताबाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले भनेका छन्– ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)