स्पेनको अपराजित यात्रा कायमै
ratopati.com · Mon Nov 18 22:21:00 GMT 2024
एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगमा अपराजित यात्रा जारी राखेको छ । मंगलबार राती भएको खेलमा स्विजरल्याण्डविरुद्ध ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै स्पेनले अपराजित यात्रालाई कायमै राखेको हो ।
स्पेनलाई जिताउन ओसासुनाका अग्रपंक्ति (फरवार्ड) का खेलाडी ब्रायन जारागोजाले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । उनले ९३ औं मिनेटमा पेनाल्टी गोल गरेका हुन् । ३२ औं मिनेटमा पेड्रिले गरेको पेनाल्टी प्रयास खेर जानासाथ भिया रियालका अग्रपंक्तिका खेलाडी येरेमी पिनोले सहज गोल गरेर स्पेनको खाता खोले । दोस्रो आधी (हाफ)पछि स्विजरल्याण्डका जोएल मोन्टेइरोले गोल फर्काएर १-१ को बराबरी गरे । ६८औं मिनेटमा ब्रायन गिलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ८५औं मिनेटमा एण्डी जेकिरीले गोल गरेर खेल २-२ को बराबरीमा ल्याए । तर, निर्धारित ९० मिनेटपछि जारागोजा पेनाल्टीमार्फत गोल गरेर स्पेनको अपराजित यात्रा कामय राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)