स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा
barnanmedia.com · Mon Nov 18 22:30:00 GMT 2024

काठमाडौँ, ४ मङ्सिरः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै प्रदेशमा एकसाथ सुरु भएको उक्त अभियान मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घका अध्यक्ष सुजन घिमिरेको अध्यक्षतामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन महासङ्घका केन्द्रीय महासचिव विष्णु पौडेलले गर्नुभएको थियो । सो अवसरमा महासङ्घ बागमती प्रदेशका अध्यक्ष विश्वराम त्वयनाले व्यवसायीको हकहित सुनिश्चित गर्न, एकता कायम गर्न र व्यवसायीलाई परेको समस्या समाधानको पहल गर्न यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)