आजदेखि तम्घासमा ‘खुल्ला ब्याडमिन्टन प्रतियोगिता’
gorkhapatraonline.com · Fri May 29 01:00:44 GMT 2026
गुल्मीको तम्घासमा सञ्चालन हुन लागेको ‘खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सम्पूर्ण तयारी पूरा गरी शुक्रबारदेखि सुरु हुँदैछ। जिल्ला ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म ‘प्रथम प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुन लागेको हो।
तम्घासस्थित जिल्ला ब्याडमिन्टन संघको कभर्ड हलमा विभिन्न छ विधामा ‘खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ, गुल्मीका अध्यक्ष भरत थापाले जानकारी दिनुभयो। उहाँका अनुसार यस प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२६ समूहले उक्त विधामा भाग लिनका लागि दर्ता भएका छन्। जसमा खुल्ला पुरुष डबल्स समूह ए र बीमा १६ समूह, मास्टर भेट्रान पुरुष डबल्स ३५ प्लस र ४५ प्लसमा २६ समूह, सुपर भेट्रान पुरुष डबल्स ५५ प्लसमा १२ समूह, खुल्ला पुरुष डबल्स सी लेवलमा ४४ समूह, खुल्ला पुरुष एकलमा १६ जना र भूपू ९० प्लसमा १२ समूह रहेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)