विदेशी मुद्राको विनिमयदर : पाउण्डको मूल्य घट्यो, अन्य कसको कस्तो ?
ratopati.com · Mon Nov 18 23:03:00 GMT 2024

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।
केन्द्रीय बैंकको विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)