एक जुगको एक दिन
gorkhapatraonline.com · Fri May 29 01:04:07 GMT 2026

इतिहास आफैँ बन्दैन, हामीले बनाउने हो । राम्रो कर्म गरे इतिहास आफैँ बन्छ । विसं २०६५ जेठ १५ गते राति ९ बजे संविधान सभाको पहिलो बैठकमा राखिएको प्रस्ताव पारित गर्न गुन्जिएको तालीको गड्गडाहडले नयाँ इतिहास रच्यो । ‘राजतन्त्र’ समाप्त भयो, मुलुकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ यात्रा सुरु ग¥यो ।
१०४ वर्षको जहाँनियाँ राणा शासन अनि २४० वर्ष नेपाली शाहवंशीय राजसंस्थाको अर्थात् राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेपाली इतिहासका धेरै पाना फेरिएका छन् । गिरिजाबाबुले भने जस्तै ‘एक जुग एक पटक मात्रै आउँछ...।’ २०६२/६३ सालको जनआन्दोलन नेपाली राजनीतिक जुगको त्यस्तै एउटा मोड बनिदियो । त्यो केवल आन्दोलन मात्रै नभई नेपाली नागरिकको सार्वभौम/स्वाभिमान र लोकतान्त्रिक जागरणको एउटा विस्फोट पनि थियो । नेपाली जनताले आफ्नो भाग्य आफैँले लेख्दै थिए– लोकतान्त्रिक गणतन्त्र नेपालको एउटा नयाँ अनि उज्यालो क्यानभासमा । शताब्दीयौँदेखि सिंहदरबार र दरबारबिच बाँडिएको शक्तिको केन्द्र अन्ततः जनतामाझ आइरहेको समय थियो । इतिहासको त्यही मोडमा आफ्नो सारा राजनीतिक जीवन दाउमा लगाएर उभिएको एउटा अडान, अडिग र इतिहाससँग जुध्दै आएको एउटा राजनीतिक चेतले अग्लिएको मान्छे ठिङ्ग उभिएको थियो– गिरिजाप्रसाद ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)