मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्लोबल टी–२० २०२४ : सन्दीप र दीपेन्द्र सम्मिलित भेनकुभर नाइट्सको लगतार तेस्रो हार

barnanmedia.com · Sun Jul 28 22:25:08 UTC 2024

नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने सम्मिलित भेनकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टि-ट्वान्टीमा लगातार तेस्रो हार बेहोरेको छ ।

लगातार तेस्रो हार बेहोर्ने क्रममा भेनकुभर मोन्ट्रियल टाइगर्स विरुद्ध १० रनले पराजित भएको हो ।जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको भेनकुभरका लागि दीपेन्द्र र सन्दीप अन्तिममा अविजित रहे । दीपेन्द्रले १५ बलमा ३ चौका र १ छक्का सहित ३० रन जोडे । सन्दीपले भने २ बलमा १ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)