मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी, पूर्व माओवादी नेता थापा ९८ मतले पराजित

nepallive.com · Wed Jan 12 15:11:00 GMT 2022

काठमाडौं – नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन्। कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकाका प्रमुख (मेयर) समेत रहेका विष्ट अर्का उम्मेदवार वीर बहादुर थापा (पातल)लाई हराएर अध्यक्ष निर्वाचित भएका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा थापा कञ्चनपुर अध्यक्ष थिए। सर्वोच्चको फैसलानुसार दुई पार्टीको एकता भंग हुँदा माओवादी केन्द्र परित्याग गरी एमाले रोजेका थापा एमाले कञ्चनपुरकै जिम्मेवारीमा रहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)