खाल्डोमा पुरिएकी नवजात शिशुको मृत्यु
gorkhapatraonline.com · Fri May 29 01:24:20 GMT 2026

तनहुँमा एक नवजात शिशु खाल्डोमा पुरिएको अवस्थामा फेला परेपछि मृत्यु भएको घटना सार्वजनिक भएको छ । शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सीका थापालाई करेसाबारीमा खाल्डो खनेर पुरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
खाल्डोमा पुरिएको अवस्थामा शिशुलाई उहाँका बुबा गोपाल थापाले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि दुलेगौडास्थित तनहुँ सेवा अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)