छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य
corporatenepal.com · Fri May 29 01:14:56 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । आवेदक २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको कामपाले जनाएको छ ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए । त्यही प्रणालीबाट प्रवेशपत्र प्राप्त गर्न सक्नेछन् । प्रवेशपत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख छन् । खड्का भने, “प्रवेशपत्र रङ्गीन प्रिन्ट भएको हुनुपर्नेछ”, रङ्गीन प्रिन्ट गर्नु पर्नाको कारण बुझाउँदै उहाँ भन्नुहुन्छ, “छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका नाममा अरुले परीक्षा दिन नपाउन भन्नका लागि प्रवेशपत्र रङ्गीन प्रिन्ट गर्ने गरेका हौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)